१८ मंसिर २०७८, शनिबार
गृह कोरोना संक्रमितको आशंकामा मृत्यु भएका युवकको ‘रिपोर्ट नेगेटिभ’
कोरोना संक्रमितको आशंकामा मृत्यु भएका युवकको ‘रिपोर्ट नेगेटिभ’

बुटवल– बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेसनमा भर्ना भई आइतबार निधन भएका ३४ वर्र्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ ।परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

उनको अर्को रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदा नै सामान्य ज्वरो आएकाले उनी एक साता घरमै आराम गरी बसेका थिए ।
एक सातासम्म पनि ज्वरो रोकिनुको साटो बढ्दै गएपछि उनि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि गएका थिए । उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको थियो ।


Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।