१७ मंसिर २०७८, शुक्रबार
गृह पत्रकारको लागि विशेष प्याकेज घोषणा गर्न प्रेस युनियनको माग
पत्रकारको लागि विशेष प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियले कोरोना संक्रमणका समयमा रातदिन खटिने पत्रकारको राहतका लागि विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लीन रहेकाले उनीहरुको राहतका लागि विशेष प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिएको छ ।

प्रेस युनियनले यस संक्रमण अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन र उक्त राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाव दिएको छ । सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको यस विषम परिस्थितिमा सत्य, तथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्रीमात्र सम्प्रेषण गर्न समेत आग्रह प्रेस युनियनले आग्रह गरेको छ ।


Facebook Comments

हरेक खबर खास खबर