१७ मंसिर २०७८, शुक्रबार
गृह बीर अस्पतालका कोरोनाका संकास्पद दुइ जनाको मृत्यु
बीर अस्पतालका कोरोनाका संकास्पद दुइ जनाको मृत्यु

काठमाडौं । उच्च ज्वरो आएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको छ । हिजो भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल का अनुसार दुवैजनालाई उच्च ज्वरो आएको थियो । उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मृत्यु भएकी चन्द्रागिरी नगरपालिका १५ निवासी एक महिलालाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले लक्षणका आधारमा ३४ वर्षीया उनमा कोरोना आशंका गरेका थिए । उनलाई उच्च ज्वरो आएर स्वास फेर्न पनि गाह्रो भएपछि अस्पताल ल्याएको परिवारले जनाएका छन् ।


यस्तै आज बिहान भर्ना गरिएका अर्का एकजना ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । लगभग बेहोस अवस्थामा ल्याइएका उनी भर्खरै भारतबाट आएको खुलेको छ । दुवै बिरामीमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि थ्रोट स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको अस्पतालले जनाएको छ। यसअघि पाटन अस्पतालको आईसीयुमा उपचाररत धादिङ घर भएका एक ३६ वर्षीय भारतीय गोर्खा सैनिकको पनि मृत्यु भएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर