१८ मंसिर २०७८, शनिबार
गृह सुरक्षा उपकरण नपाएको भन्दै धरानका स्वास्थ्यकर्मी आन्दोलित
सुरक्षा उपकरण नपाएको भन्दै धरानका स्वास्थ्यकर्मी आन्दोलित

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोरोना भाइरस संक्रमणको उपचारमा खटिँदा प्रतिष्ठानले आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । कोरोना संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट उपलब्ध नगराउँदा आफ्नो तथा परीवारकै स्वास्थ्य जोखिममा परेको स्टाफ नर्सहरुले बताएका छन् ।

हीजो प्रतिष्ठानका कार्यवाहक उपकुलपतिलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले आफुहरु सामान्य मास्क लगाएर काम गरिरहेको बताएका छन् । प्रतिष्ठानका नर्सहरुले प्रतिष्ठानसमक्ष चाँडोभन्दा चाँडो पीपीई उपलब्ध गराउन माग गर्नुका साथै आफ्नो तथा परीवारको समेत स्वास्थ्य विमाको माग गरेका छन् । प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.खनालले उपचारमा खटिइएका सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन प्रतिष्ठान लागिपरेको भएपनि पीपीई सबैतिर अभाव भएकोले समस्या भइरहेको जवाफ दिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर