१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोनाका कारण इटलीमा १० हजार भन्दा बढीको मृत्यु
कोरोनाका कारण इटलीमा १० हजार भन्दा बढीको मृत्यु

इटली । कोरोना भाइरस ‘कोभिड १९’ का कारण इटलीमा १० हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबारसम्मको तथ्यांकअनुसार इटलीमा १० हजार ७७९ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म त्यहाँ ९७ हजार ६८९ जना कोरोनाका कारण बिरामी परेका छन्। इटलीमा कोरोनाको उद्गमस्थल चीनमा भन्दा बढी संक्रमित र मृतक पुष्टि भएका छन्। ।
हाल विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुक भने अमेरिका हो । हालसम्म त्यहाँ १ लाख ४२ हजार ७४६ कोरोना संक्रमित छन्। २४ सय ८९ को मृत्यु भइसकेको छ ।


Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।