१८ मंसिर २०७८, शनिबार
गृह डडेल्धुरामा सेफ्टि टंकीमा डुबेर एक बालकको मृत्यु
डडेल्धुरामा सेफ्टि टंकीमा डुबेर एक बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा सेफ्टी टंकीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–४ को काजीधाराका दीपक भट्टका ५ बर्षिका छोरा रिदम भट्टको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज विहानको खाना खाएपछि करिब ११ बजे देखी हराएका बालकको घरपरिवारले विभिन्न स्थानमा खोजी गरेका र दिउसो मात्र घर पछाडीको निर्माणाधिन सेफ्टी टंकीमा वालक मृत अवस्थामा फेला परेका थिए । मृतकको शव पोष्ट मार्टमका लागि डडेल्धुरा अस्पताल पु¥याईको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्योपानेले बताएका छन् । मृतक वालक डडेल्धुरा सदरमुकाम स्थित क्याम्ब्रिज पब्लीक स्कुलमा अध्ययनरत थिए ।


Facebook Comments

हरेक खबर खास खबर