१८ मंसिर २०७८, शनिबार
गृह चितवनको सरस फुड इन्डस्ट्रीमा आगलागी, थप विवरण आउन बाँकी
चितवनको सरस फुड इन्डस्ट्रीमा आगलागी, थप विवरण आउन बाँकी

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ ।स्थानीयका अनुसार उद्योगमा आज बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एक दमकलद्वारा आगलागी नियन्त्रणमा लिने काम भइरहेको छ ।

आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन् । आगलागी कारण विद्युत सर्ट हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।


Facebook Comments

हरेक खबर खास खबर