१७ मंसिर २०७८, शुक्रबार
गृह चैत अन्तिमसम्मको हाँजिर गरी भाँगे स्वास्थ्यकर्मी
चैत अन्तिमसम्मको हाँजिर गरी भाँगे स्वास्थ्यकर्मी

हुम्ला । हुम्लाको डाँडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाँजिर गरी भागेको पाइएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाँजिर गरी फिर्ता भएका हुन् ।

चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको थियो । अहिले डाँडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा एक सिटामोल र करारमा खटिएका एक अनमी मात्रै रहेको बताइएको छ ।


अन्य सरकारी स्वास्थ्यकर्मी स्वास्थ्य संस्था छाडेर निजी काममा व्यस्त देखिएको स्थानीयबासीले आरोप लगाएका छन् । स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहे पनि अहिले करारमा रहेका एक अनमीले मात्रै स्वास्थ्यचौकी सम्हानुपरेको छ ।

Facebook Comments

हरेक खबर खास खबर