१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउमा अलपत्र परेका यात्रु बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु
लकडाउमा अलपत्र परेका यात्रु बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु

रामेछाप । रामेछापको खाँडादेवी–१ राकाथुममा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २८ जना घाइते भएका छन् । लकडाउनको समय अलपत्र परेका यात्रु बोकेर भक्तपुरबाट रामेछापको दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ नम्वरको पिक अप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले जानकारि दिएका छन् ।

पाठकका अनुसार मृत्यु हुनेमा दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको छन् । भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । लकडाउनको समय सवारी चलाउन रोक छ । तर, भक्तपुरका इँटा भट्टामा काम गर्ने मजदुरले रातिको समयमा पिक अप लिएर गएका थिए । घाइते हुनेहरुमा बालबच्चा समेत रहेको बताइएको छ ।


Facebook Comments

हरेक खबर खास खबर