१७ मंसिर २०७८, शुक्रबार
गृह पाटन अस्पतालमा मृत्यु भएका युवकको नतिजा नेगेटिभ
पाटन अस्पतालमा मृत्यु भएका युवकको नतिजा नेगेटिभ

काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । हिजो मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा आज आएको हो । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो ।

दुइ ब्याक्रिको दोश्रो पटक नमूना परिक्षण
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेका कोरोना भाइरस संक्रमित दुई व्यक्तिको दोस्रोपटक नमूना परीक्षण गरिने भएको छ । अस्पतालले आज उनीहरुको दोस्रो परीक्षणका लागि ‘थ्रोट स्वाब’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने निर्णय गरेको हो ।


फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी काठमाडौँकी १९ वर्षीया युवती र दुवईबाट चैत ६ गते नेपाल आएका धादिङका ३२ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो । युवतीमा चैत ९ गते र युवकमा चैत ११ गते भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।नमुना परीक्षण पछि रिपोर्ट नेगेटिभ आए उनीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर