१७ मंसिर २०७८, शुक्रबार
गृह डडेल्धुराबाट कोरोना आशंकामा एक जनाको नमूना सकंलन
डडेल्धुराबाट कोरोना आशंकामा एक जनाको नमूना सकंलन

डडेल्धुरा । डडल्धुरामा कोरोना भाइरस कोभिड–१९को आशंकामा एक जनाको नमुना संकलन गरिएको छ । जिल्लाको अमरगढी नगरपालिका–९ का अन्दाजी २० वर्षीय पुरुषको नमुना संकलन गरिएको डडेल्धुरा अस्पतालले जनाएको छ । उनी १० दिन अगाडी भारतको मुम्बइबाट घर आएको र रुखाखोकी र सामान्य ज्वरो देखिएकाले डडेल्धुरा अस्पतालमा थ्रोट स्वाब संकलन गरिएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । संकलन गरेको नमुना परिक्षणका लागि स्वास्थ्य निर्देशनालाय हुदैँ काठमाडौं पठाइने उहाँले जानकारि दिए ।

Facebook Comments

हरेक खबर खास खबर