१८ मंसिर २०७८, शनिबार
गृह सुदुरपश्चिमलाइ सधैं सौतेलो ब्यबहार, यसपाली पनि १० थर्मोमिटर मात्रै
सुदुरपश्चिमलाइ सधैं सौतेलो ब्यबहार, यसपाली पनि १० थर्मोमिटर मात्रै
काठमाडौं । सुदुरपश्चिम प्रदेश सधैं संघिय सरकारको सिकार भइरहेको कुरा नौलो होइन । संघिय सरकारले दिने बजेट होस् या कुनै भौतिक पूर्वाधार या सामग्री सधैं सुदुरपश्चिम प्रदेशलाइ सौतिनी ब्यबहार गरेको स्थानीयहरुको आरोप छ ।
विश्वभर कोरोना भाइरसको महामारीले आजीत बनाइरहेका बेला संघिय सरकारले चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीहरु वितरणमा पनि सुदुरपश्चिमलाइ सौतीनी ब्यबहार गरिएको छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले स्वास्थ्य जाँच सामग्री वितरणमा सरकारले सुदूरपश्चिमलाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् । उनले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको आफ्नो गृहप्रदेश सुदूरपश्चिमलाई मात्र १० थर्मोमिटर मात्र पठाएको भन्दै आपत्ति जनाएका हुन् ।
नेता लेखकले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा छ । भारतबाट हजारौं नागरिक आएका छन् । नौ जिल्ला, ८८ पालिका, साना ठूला गरी पाँच सय जति स्वास्थ सेन्टर छन् । सरकारले हिजो १० थर्मोमिमटर पठाएको छ ।
अहिलेसम्म जम्मा ३७ जनाको परीक्षण भएको छ,” उनले लेखेका छन्, “म सरकारलाई आवश्यक सामग्री तत्काल पठाउन, परीक्षण बढ़ाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न, अस्पतालमा बेडको व्यवस्था र राहतको व्यवस्था गर्न पुनः अनुरोध गर्दछु ।”

Facebook Comments

हरेक खबर खास खबर