१७ मंसिर २०७८, शुक्रबार
गृह इन्धन भर्ना गएका नेपाली ट्यांकरमा भारतीय सुरक्षाकर्मीले गरे अवरोध
इन्धन भर्ना गएका नेपाली ट्यांकरमा भारतीय सुरक्षाकर्मीले गरे अवरोध

विरगञ्ज । इन्धन लिन भारत गएका गएका नेपाली ट्याङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकेर अवरोध गरेका छन् । भारतको रक्सौलस्थित आइओसीको डिपोमा पेट्रोल र डिजेल भर्न गएका ट्याङकरलाई सुरक्षाकर्मीले भारत प्रवेशमा अवरोध गरेका हुन् । अवरोधको ४ घन्टापछि मात्र ट्याङकरहरुले भारत प्रवेश पाएका छन् । मङगलबार बिहान वीरगन्ज नाकाहुँदै भारत जान लागेका ४० टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकिदिएका थिए ।

इन्धन भर्न गएका खाली टयाङकर भारतीय नाकामा रोकिएको खबर पाएर नेपाल आयल निगमले पहल गरेपछि भने नाकामा रोकिएका इन्धनका टयाङकर ४ घण्टा पछि मात्रै भारत प्रवेश गर्न दिइएको हो । वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका अधिकारीसँग समन्वय गरेपछि मात्रै टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल छिर्न दिएको आयल निगम वीरगन्ज शाखाका प्रमुख राम कुमार न्यौपाने बताए ।


रक्सौल नाकाबाट मालवाहक गाडी नेपाल प्रवेशमा रोक
लकडाउनमा इन्धन र अन्य मालसामानका गाडी आवागमनमा अवरोध नगर्ने दुवै देशबीच सहमति छ । तर गत आइतबार देखि भने भारतीय सुरक्षाकर्मीले रक्सौल नाकाहुँदै भारतबाट नेपालका लागि मालसामान लिएर आउने गाडीलाइ नेपालतर्फ आउन दिएका छैनन् । रक्सौल नाकास्थित भारतीय कस्टम पोष्टमा खटिएका भारतीय सुरक्षाकर्मीले आइतबारदेखि भारतबाट रक्सौल नाकाहुँदै कुनै पनि मालवाहक गाडी नेपालतर्फ आउन नदिएको मितेरी पुलमा खटिएका सशस्त्र प्रहरीका एक अधिकृतले बताए ।

Facebook Comments

हरेक खबर खास खबर