१७ मंसिर २०७८, शुक्रबार
गृह रुडुक डडेल्धुराले परशुरामलाइ दियो सरसफाइ समग्री
रुडुक डडेल्धुराले परशुरामलाइ दियो सरसफाइ समग्री

रितु भट्ट,
डडेल्धुरा । ग्रामिण महिला बिकास तथा एकता केन्द्र रुडुक द्वारा संचालित (ट्रोसा) परियोजनाको आर्थिक सहयोगमा ८० सेट ब्यक्तिगत सरसफाईका सामग्री परशुराम नगरपालिकालाई हस्तान्तरण गरीएको छ । नगरपालिकाले विभिन्न स्थानमा तोकेका क्वारेन्टाईनमा बस्न आउने र बसी रहेका नेपाल भित्रीएका युवा तथा नागरीकहरुको ब्यक्तिगत सरफाईमा सहज होस भन्ने उदेश्यका साथ सामग्रीहरु वितरण गरीएको रुडुक (ट्रोसा) डडेल्धुरा कार्यक्रम संयोजक अम्मर साउँदले बताएका छन् ।Image may contain: shoesरुडुक (ट्रोसा) परियोजनाका समाजिक परिचालक सुमन भट्टले उक्त सामग्री परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद , स्वास्थ्य साखा प्रमुख तेज बहादुर सिंहलाई हस्तान्तरण गरे । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभीड –१९ कोरोना भाईरस संक्रमण र सन्त्रासका लागि ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकले जिल्लाका ७ वटै स्थानीयतहमा सन्त्रास र संक्रमण न्यूनीकरणका कहारकुन ठाउँमा कसरी सहयोग गर्न रुडुक तत्पर रहेको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिइन् ।

रुडुकले देशब्यपाी रुपमा कोरोना संक्रमण र सन्त्रास न्यूनीकरणका लागि समुदायमा चेतना सन्देश प्रवाह गरी , बाह्यि मुलुकवाट नेपाल आउने युवाहरुलाइ सकभर क्वारेन्टाईन मा बस्न नभए गाउँ बस्ती र समुदायमा नडुली एकलवास होम क्वारेन्टाईनमा बस्नका लागि परामर्ष दिई रहेको खड्काले बताईन ।


सरकारको निर्णय अनुसार देशब्यापी लकडाउन पालना गर्नु नै कोरोनाको जोखिबाट बच्नुको मुख्य औषधी भएको उनले बताइन् । विगत लामो समय देखी रुडुकले सामाजिक उत्तरदायित्वको भुमीका निभाई रहेको समेत उनले जानकारी दिनु भएको छ । सामग्री बुझ्दै परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले संस्था परिवारलाई धन्यावाद दिए ।Image may contain: one or more people, people standing and shoes

Facebook Comments

हरेक खबर खास खबर