१८ मंसिर २०७८, शनिबार
गृह संकटको बेलामा भ्रष्टाचार गर्नेले उन्मुक्ति पाउनु हुँदैन : काँग्रेस
संकटको बेलामा भ्रष्टाचार गर्नेले उन्मुक्ति पाउनु हुँदैन : काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संकटको बेलामा भ्रष्टाचार गर्नेले उन्मुक्ति पाउन नहुने बताएको छ । कोरोना रोकथामका लागि चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै विरोध भइरहेका बेला कांग्रेसले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन नहुने बताएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जा ट्विटरमार्फत संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन् । संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु नहुने भन्दै शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराए । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले चीनबाट औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएकाले कुनै अनियमिता नभएको बताइसकेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर