१८ मंसिर २०७८, शनिबार
गृह कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग
कोरोना कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस रोकथामका लागि २ करोड रुपैैया सहयोग गर्ने घोषणा गरेका छन् । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेकका हुन् । दुःख, कष्ट र आपत विपद्को घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको समेत बताए । उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको समेत बताका छन् ।

Facebook Comments

हरेक खबर खास खबर