१८ मंसिर २०७८, शनिबार
गृह लकडाउनको बेला घरमै पुगेर औषधी वितरण गर्दै नरेन्द्र भाट
लकडाउनको बेला घरमै पुगेर औषधी वितरण गर्दै नरेन्द्र भाट

कञ्चनपुर देश लक डाउनमा रहेको बेला विभिन्न बिरामीहरुलाई सजिलो होस भन्दै कञ्चनपुरका नरेन्द्र भाट( निशान )ले आफ्नो सम्पर्कमा आएका हरेक बिरामीको घरमै गएर अौषधि वितरण गरेका छन्।अन्तर्राष्ट्रिय मानव अधिकार संस्था Amnesty international का सदस्य समेत रहेका भाटले बिरामीको घर घरमा पुगेर उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै बिरामीलाई औषधी वितरण गर्दै हिडिरहेका छन्। आज देश संकटमा परेका बेला समाजमा रहेका गरिब दीन दु:खिहरुको सेवा गर्नु आफू लगायत सम्पुर्ण युवाहरुको कर्तव्य रहेको समेत समाज सेवी भाटले बताए।

सदस्य भाट एक सहयोगी भावनाका धनी, सबैका भरोसाका केन्द्रबिन्दु हुन। उनले यश अघि कहिले गरिब विद्यार्थीहरु नि:शुल्क टिउसन पढाउने, कहिले अनाथालय र बृद्धाश्रममा सामाग्रीहरु वितरण गर्ने त कहिले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आइरहेको एक अर्का युवा बिरेन्द्र भाटले बताए।यसका साथै समाज सेवा गर्दा आफुलाई एक छुट्टै आनन्दको अनुभुति हुने र थप हौसला समेत मिल्ने भएकाले संकटको बेलामा आफू समाजसेवामा लागेको सदस्य भाटले बताए।


Facebook Comments

हरेक खबर खास खबर