२२ मंसिर २०७८, बुधबार
गृह दोश्रो विश्व युद्धपछिको चुनौती कोरोना भाइरस
दोश्रो विश्व युद्धपछिको चुनौती कोरोना भाइरस

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस संक्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको बारेमा संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनको प्रक्षेपणमा बोल्दै उनले यही अवस्था रहिरहे मन्दी आउन सक्ने चेतावनी दिएका छन् ।

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख ५० हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ४२ हजारभन्दा बढी छ । यसैबीच अमेरिकामा भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६ सात पुगेको छ, यो सङ्ख्या चीनमा भन्दा बढि हो ।


Facebook Comments

हरेक खबर खास खबर