१८ मंसिर २०७८, शनिबार
गृह कोरोनाले खल्लो बनायो यसपालीको चैते दशैं
कोरोनाले खल्लो बनायो यसपालीको चैते दशैं

काठमडौं । आज चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण विभिन्न शक्ति पीठहरु खाली छन् । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।

असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । यसअघिकका बर्षमा चैते दशैं मनाउन बिभिन्न मन्दिर तथा शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुाइचो लाग्ने गरेको थियो ।


Facebook Comments

हरेक खबर खास खबर