१७ मंसिर २०७८, शुक्रबार
गृह दुखद् खबर : पोर्चुगलमा एकै फ्ल्याटमा बस्ने आठ नेपालीमा कोरोना सङ्क्रमण
दुखद् खबर : पोर्चुगलमा एकै फ्ल्याटमा बस्ने आठ नेपालीमा कोरोना सङ्क्रमण

पोर्चुगल । पोर्चुगलमा एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका ८ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका उनीहरुमध्ये एक जनालाई गएको २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

उनीहरुमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए । सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।


सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा कोरोनाको सङ्क्रमण देखिने नेपालीको सङ्ख्या नौ पुगेको छ । पोर्चुगलमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ४४३ पुगेको छ भने १६० जनाले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर