१७ मंसिर २०७८, शुक्रबार
गृह गाँजा तस्करी गर्ने मेयर र नेकपा नेतालाई पक्रन पक्राउपुर्जी जारी
गाँजा तस्करी गर्ने मेयर र नेकपा नेतालाई पक्रन पक्राउपुर्जी जारी

काठमाडौं । एम्बुलेन्सबाट गाँजा तस्किरीमा संलगन रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई अदालतले पक्राउपुर्जी जारी गरेको छ । जिल्लाको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले अदालतले पक्राउ पुर्जी जारी गरेको हो । गत माघ ११ गते हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीस्थित प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा बा २ झ १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार बरामद भएको थियो ।

डुमरिया स्वास्थ्य चौकीको उक्त सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छ वटा पोकामा गाँजासहित चालक ईशनाथ नपा डुमरियाका ३९ वर्षीय महम्मद खलिद, सोही ठाँउका १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई प्रहरीने नियन्त्रणमा लिएको थियो । पक्राउ परेका भारतिय नागरीक विनोद सहनीको बयानको आधारमा अदालतले मेयर मेहता र उनका भाइ मोहनलाई उपस्थित गराउन जिल्ला अदालत मकवानपुरले आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले आदेश दिएको प्रहरी निरिक्षक ललन राउत कुर्मीले बताएका छन् । मकवानपुर अदालतको आदेश अनुसार प्राप्त पत्र अनुसार दुवै जनाको खोजी भइरहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।


Facebook Comments

हरेक खबर खास खबर