१८ मंसिर २०७८, शनिबार
गृह राहत बाँड्ने विषयमा झडप, १९ घाइते
राहत बाँड्ने विषयमा झडप, १९ घाइते

विरगञ्ज । वीरगन्ज महानगरपालिका १९ बरेवा गाँउमा राहत बाँड्ने विषयमा झडप हुदाँ बालबालिका र महिलासहित १९ जना घाइते भएका छन् । घाइतेमध्ये केहिको टाउँकोमा चोट लागेको छ भने केहीको हात भाँच्चिएको छ । घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ । महानगरपालिकाले वडा नम्बर १९ मा राहत सामग्री बाँड्नका लागि हिजो १ लाख २५ हजार रुपैयाँ पठाएको थियो ।

उक्त रकमबाट राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो । लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा पाएको थियो । बुधबार बिहान बरेवा गाँउमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यहरु बीचनै विवाद भई दुइ पक्षबीच झडप भएको हो ।


समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरुको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए । उपेन्द्रले विरोध गरेपछि दुवै पक्ष एक अर्का माथि हातपात गर्न थालेपछि झडप भएको हो । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३÷४ जनालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष सन्तोष तिवारीले बताए । पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले झडपमा संलग्न रहेको आशंकामा केहि व्यक्तिहरुलाइ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर