१७ मंसिर २०७८, शुक्रबार
गृह सुदूरपश्चिम सरकारको कोरोना नियन्त्रण कोषमा ४० करोड २७ लाख जम्मा
सुदूरपश्चिम सरकारको कोरोना नियन्त्रण कोषमा ४० करोड २७ लाख जम्मा

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड २७ लाख १६ हजार पाँच सय ५१ रुपैँया जम्मा भएको छ । कोषमा प्रदेश सरकारको ४० करोड समेत गरी हालसम्म सो रकम जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिएका छन् ।

मन्त्री बोहोराले सामाजिक सञ्जालमा भिडियो सन्देश (फेसबुक पेजबाट लाइभ) गर्दै कोषमा हालसम्म जम्मा भएको रकम बारे जानकारी दिएका हुन् । उनका अनुसार कोरोना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैँक लिमिटेडले १० लाख, सिटिजन्स बैँकले ७ लाख, कृषि विकास बैँक र नेपाल बैँक लिमिटेडले ५/५ लाख रकम सहयोग गरेका छन् ।


यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार पाँच सय ५१ रुपँैया जम्मा गरेको मन्त्री बोहराले बताए । केही बैँक तथा वित्तीय संस्थाले समेत सहयोग घोषणा गरेको उनको भनाइ छ । घोषित रकम प्राप्त भए खातामा ४० करोड ४२ लाखभन्दा बढी रकम जम्मा हुने उहाँले बताए ।

Facebook Comments

हरेक खबर खास खबर