१८ मंसिर २०७८, शनिबार
गृह नेपाल आमा ! केही त गर, केही त बोल्….
नेपाल आमा ! केही त गर, केही त बोल्….
लोकेन्द्र अनुपम कापडि,
धनगढी । मानव ईतिहास मा जन्म लिएको मैले पनि यो सुनौलो संसार देख्ने अवसर पाएको मा यति धेरै खुसि छु । जसरि माछा पोखरिको पानी सुक्नै लागेको समयमा एकाएक बर्षातको भेल बर्सियर माछा खुसि हुन्छन । एउटा सामान्य परिवारमा जन्मियर दुख सुख हरु संग लड्दै बाउ अामा संग हातेमालो गर्दै म दस कक्षासम्म जसोतसो पुगे दस कक्षा सम्म पुग्ने अवधिमा पनि विभिन्न चुनौतिहरु संग लड्दै दुखका साथ पनि दस कक्षा पुग्न सफल भए ।
हामी घरमा पाँच जना भाइ बहिनी अनि साथमा अामा हुनुहुन्थ्यो तर बुवा चाहिँ बिदेश हुनुहुन्थ्यो । बुवाले अाफै कमायर अाफै जाड खायर पैसा सक्काउनु हुन्थ्यो घरमा चाहिँ दिनु हुन्थेन अामाले घरमा मजदुरि गर्दै जसोतसो खुसि राख्ने प्रयास गर्नु हुन्थ्यो हामीलाई । स्कुल पढिरहदा पनि कहिल्यै भोकै पनि स्कुल जान्थे खाना को अभाव भयर अनि साझ घर फर्किदा अामाले खाजा बनायर राख्नु हुन्थ्यो त्यहि खाजा खायर दिनभरि को भोक मेटाउथे मैले २०७२ सालतिर मनमा पढ्ने चाहाना अौधि हुदा हुदै पनि बिबसताले मैले भारत जाने योजना बनाए ।
दिमागमा सपनाको पृष्ठभुमि बनाउदै अामासंग सल्लाह पनि गरे भारत जानका लागि अामाले पनि चम्किलो अनुहार कालो बनाउदै हुन्छ भन्नू भयो ।बैशाख महिनातिर म भारत जानको लागि तयार भए । बिहानै लाग्ने बैशाख को उराठिलो घाम अनि त्यई घाम संग मेरो घरको पारि पट्टि कोईलि गित गाईरहेको थियोे मनमा अनेकौं प्रकारका दुख उब्जिन लागे ।भान्सातिर गय अामाले खाजा बनायर राख्नु भएको थियो रोटि दहि संग रोटि खादै अासु पुछ्दै वाहा त्यो समय म अहिले पनि सम्झिन्छु ।
अनि मैले भारत जाने कुरा साथिहरुलाइ अगाडि नै जानकारी गराई सकेको थिय तीन चार जना समथिहरु बिहानै मेरो घरमा अाए अनि मैले अामालाई टीका लगाई माग्दै घरबाट बिदाई का हातहरु हल्लाय अनि रुमाल ले अासु पुच्दै अाधाबाटो पुगे साथिहरु मलाई अाधाबाटो सम्म मात्रै बिदाई गर्न गयका थिय अनि उनिहरुले चाडै फर्किनु पर्ने भयकाले उनिहरु फर्किय अनि त्यो समय त झनै असहज बन्यो मेरा लागि साथि अाफ्नो बाटो अनि म अाफ्नो बाटो लागे ।खासमा म संगै पल्लो गाउको एकजना काका नाता पर्ने ब्यक्ति जादै हुनुहुन्थ्यो अनि साथि छुटियको ठाउबाट अलि हिनि सकेपछि गाडिमा बसे अनि मनलाई थाम्नै नसकिने गरि जोरले करायर रोय काकाले मलाई सम्झाउदै लग्नु भयो करिब चार दिन पछि हामी भारत पुग्यौं मनमा सपनाको पोको थुपार्दै अनि त्यहा पुगिसकेपछि बुवालाई भेटे दुई चार दिन उहाँ संगै कुरा गर्दै रमाइलो गर्दै बसे ।
केहि समय पछि त मलाई त्यहा दिक्क लाग्न थाल्यो ।अनि बुवाले मेरालागि कामको कुरा गर्नु भयो ।नचिनेको ठाउँ नचिनेका मान्छे म सारै चिन्तित भय काम कसरी गर्ने भनेर फेरि त्यहाको भासा पनि अलगै थियो ।गाउको झुपडिमा जन्मेर हुर्केको म त्यहाँ का ठुलाठुला महल देखेर मनले अाफैलाई प्रश्न गर्न थाल्यो खासमा यतिठुला घर कसरी बनेका होलान भनेर ।अाफ्नो मनलाई जसोतसो बुझाउने कोसिस गर्दै बिरल्लिदै बसे। बुवाको काम गर्ने ठाउँ भन्दा करिब चार घण्टा टाढा मेरा लागि कामको कुरा भयो ।अनि कामतिर लागे अाफैलाई अचम्म लाग्थ्यो ती संगै काम गर्ने भारतिय साथिहरुको भासा सुनेर कतै मलाई गालि पो गरिरहेका छैनन भन्ने जस्तो मलाई लाग्थ्यो दुई हप्ताजति काम गरे त्यो अन्तरालमा पनि मालिकको गालि खादै रुदै ।
त्यहा मलाई असाध्यै असह्य भयको थियो मनभरि साथिभाई अनि घरको याद त्यो भन्दा बढि प्रदेशको गर्मि मनलाई सितल बनाउने मैले संभावना देखिन जसोतसो काम गरे एकदिन बिहानै संग होटेलमा भाडा माझिरहदा होटेलको म्यानेजर ले सहनै नसकिने गरि पिट्यो भाडा माझ्न ढिलो भयो भन्दै । त्यहा मलाई असाध्यै असह्य भयो। मनभरि साथिभाई अनि घरको याद।त्यो याद भन्दा बढि प्रदेशको गर्मी ले मनलाई सितल बनाउने मैले कुनै संभावना नै देखिन, एकदिन दिउसो तिर त्यो हटेललाई छोडेर म बुवालाई पनि फोन नगरि त्यहाँ बाट एक्लै अर्को ठाउँ हिडे नचिनेको सहरमा एक्लै पागल जस्तै हिडिरहदा एकरात त म सडकको पेटिमै सुते ।
एकदिन म रोडमा अाफ्नै तरिकाले हिडिरहेको थिय अचानक त्यहि ठाउमा मेरो पल्लो गाउको दाइ लाई भेटे ।उहालाई देख्ने बित्तिकै खुसिले मन थाम्न नसकिने गरि गदगद भय ।अनि उहाँ संगै म पनि उहाको कोठातिर गय अनि घरबाट अाफन्तहरु र प्रदेशबाट साथिभाई हरुले मलाई हराएको (बित्तएको) कुरा प्रमाणित गरिसकेका थिय तर खासमा चाहिँ म अाफन्तको प्रत्यक्ष सम्पर्क बाट टाढा नै थिए । दाईले सबैलाई फोन गर्दै मलाई मलाई भेटेको खुसिको कुरा सुनमउनु भयो ।अनि एकदुई दिन उहाँ संगै बसे र उहाले मेरा लागि काम खोजिदिनु भयो । अनि त्यहा मैले दुई बर्ष जति काम गरे र केही काम पनि सिके र केहि पैसा कमायर बुवाले दारु खायर लगायको रिण तिरे । अनि मलाई मेरो अाधा जति सपना पूरा भय जस्तो लाग्न थाल्यो ।किनकि साहुले घरमा अामालाई सधैं चेतावनि दिई रहनु हुन्थ्यो ।
त्यो होटेलमा अलिकति काम सिकि सकेपछि म अर्को होटल तिर लागे किनकि त्यहा अलि ज्याला बढि पाईन्थ्यो यहाँ काम गरिरहेको अहिले दुई बर्स भयो र। अर्को होटेलमा काम गर्दै नेपालमा मेरो सपनाको घर बनाय अलिकति भयपनि गाउमा बस्न लायक बने सुख दुखको संगालो मा जिवनको अनवरत यात्रालाई निरन्तरता दिदै गतिसिल पैतलाहरु लाई अगाडि बढाउदै दुखका बावजुत पनि अलिकति प्रगति गरेजस्तो अाफैलाई लागिरहेको थियो ।हिजो अस्ति अामाले घरबाट फोन गर्दै बैसाखमा घर अाउन अनुरोध गर्नु भयो तर मैले दशैमा घर अाउने कुरा अामालाई जानकारि गराय अामाले पनि हुन्छ भन्नुभएको थियो ।
मैले एउटा उखान सुनेको थिय एक न एक दिन हरेकको जिन्दगीमा सुखको बहार अाउछ भनेर ´ मेरा लागि पनि नअाएको भने पिटिक्कै होइन एक्कासि यस्तो बेखबर सुने बिश्वब्यापी माहामारिको रुपमा कोरोना भमईरस नामको ´रोग देखा पर्यो अनि त्यो खबर अायको दुई तीन दिन पछि होटल मालिकले होटल बन्द गर्ने निर्णय गर्यो र हामीलाई नेपाल जान अाग्रह गर्यो हामी संगै काम गर्ने अाधि जति भारत का पनि थिय तर उनिहरु सजिलोसँग अाफ्नो घर फर्किय हामी संग घर अाउन समेत पैसा थिएन अनि मालिकले त्यो महिनाको हाम्रो पारिश्रमिक पनि नदिने निर्णय गर्यो ।
अनि साथिभाई संग जसोतसो टिकेटको लागि पैसा जुराय र हामी नेपाल अाउन बाटो लागेउ करिब ३ दिनको रेलको यात्रा पछि हामी दिल्लि पुग्यौं अनि त्यसैदिन भारत सरकारले पनि LOCK DOWN गरि दियो दिल्ली को टन्टलापुर घाममा बस्दै जसोतसो दुई दिन बिताय बाहिरै बसेर भयपनि जसोतसो गुजारा गरे ।र हामी संगै नेपाल अाउन लागेका थुप्रै माहिलाहुरु पनि थिय साथमा दुधे बच्चा सहित त्यस्तो गर्मि खप्दै हामी त बसेका थियौ तर ती बिचरा बच्चा भने त्यो विषम परिस्थिति लाई खप्नै नसक्ने थिय खुब रोईरहेका थिय। मेर मनमा विभिन्न भावहरु उब्जिदै अाउन थाल्यो ।अनि मलाई पनि मैले ठूलो संघर्ष गरेर कमायको पैसाले बनायको मेरो सपनाको घर देख्न नपाउदै बाटोमै मर्छु भन्ने छटपटाहट भईरहेको थियो र यो पीडा सहनै नसकिने भयो अनि नेपाल सरकारलाई भन्न मन लाग्यो ।
यो दुखको घडिमा पनि ए नेपाल सरकार केही त गर केही त बोल यहाँ हजारौं नेपाली अलपत्र छन अनि बिचल्लीमा छन ।य देश बेच्ने भ्रष्ट लुटेरा हरुहो हुनत तिमिहरुका लागि हामी अलपत्र पर्नु कुनै ठुलो कुरा होइन ।हरेक बिपत्तिको बेला मेरा पुर्खाहरुले हरेकको बिपत्ति मा साथ सहयोग गरेकै कारण अहिलेसम्म मेरो नेपाल बाचिरहेको छ धर्तिको(बिश्वको) सुन्दर नमुना मानिने मेरो देश तिमिहरुकै कारण बिचल्लिमा छ हुन त हामी अलपत्र पर्नु तपाईंको लागि कुनै ठुलो कुरा होइन र नेपाली नागरिक भयकै कारण बोल्न गुहार्न विवश भय ।अनि हरेकको मुखबाट सुनिने नाम रबि लामिछाने तपाई कहाँ हुनुहुन्छ या त हजुरलाई जानकारि छैन नेपालि दिल्लिमा अायर अलपत्र छन अनि नाकाहरुमा अलपत्र छन भन्नेकुरा तपाई ले बिपत्ति मा परेका हरुलाई उद्दार गर्नु हुन्छ भन्ने सुनेको थिय ।
यो अप्ठ्यारो परिस्थितिमा छौ उद्दार गर्नुहोस् ।मेरो सपनाको जाल भरिन नपाउदै चुडियर अलग हुन लाग्यो मलाई बचाउ न रबि दाइ संघिय सरकार स्थानीय सरकार र प्रदेश सरकार कानमा तेल हालेर नबसिदिनुस कोहि त बोल केही त बोल हाम्रो उद्दार गर ।मेरो नापल नेपाल गयर साथिभाई अनि अाफन्त भेट्ने सपना अधुरै रहन लाग्यो चार बर्स सम्म भारतमा हात कुहिन जेल सम्म काम गरे यतिका बर्स सम्म मैले नेपालका लागि भनेर सजायका सपना चकनाचुर हसन लागे कोहि बोल केहि त गर म मेरै माटोमा मर्न चाहान्छु यो अलपत्र मा मर्न चाहान्न हे नेपाल अामा केहि त गर ।
न खान पायको छु नत सुत्न नै राम्ररि भारत अायदेखि मेरो झुपडिको बिस्तरा मलाई कुरेर बसेको छ त्यहि बिस्तरामा एक रात मात्रै भयपनि दिनाउन चाहान्छु म नेपाल बाट अाय देखि हजारौं रात राम्ररि निदाउन पायको छैन मेरो उद्दार गर हे नेवाल अामा तपाईंको केक बोक्ने हेलिकप्टर अजि हिजो अस्ति चिन अौसधि लिन गयका हेलिकप्टर कहाछन हाम्रो उद्दार गर भाडा हामि अाफै तिर्छौ कोहि त बोल गल्लिमा थुनियर बसिरहेका छौ रोडमा जान प्रहरिले दिदैनन म भोकै छु कोहि त बोल केही त गर । य प्रतिपक्ष केही त गर
कसैले मेरो अावाज सुनेन म बिचल्ली मा छु म दुखको भुमरीमा छु बोल्दा बोल्दै रुदा रुदै कराउदा कराउँदै गुहार्दा गुहार्दै म थाके बोल्ने मुख पनि बन्द भयो अब अन्तिम सास मात्रै बाकि छ केहि त बोल हे नेपाल अामा ।
उहीँ नेपाल अामाको भारतमा बिचल्ली मा मर्दै गरेको छोरा…
Facebook Comments

हरेक खबर खास खबर