१७ मंसिर २०७८, शुक्रबार
गृह १० रुपैयाँ प्रतिलिटरले घट्यो डिजेल पेट्रोल र मट्टितेल
१० रुपैयाँ प्रतिलिटरले घट्यो डिजेल पेट्रोल र मट्टितेल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगम संचालक समितिको आज बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै निगमले आन्तरिक तर्फको हवाई उडानमा प्रति लिटर १५ रुपैया घटाएको छ । अब आन्तरिक हवाई इन्धनको मुल्य प्रतिलिटर ७५ कायम भएको छ । त्यस्तै हवाई इन्धनको बाह्य उडानको मुल्य ० दशमलव ९५ डलरप्रति लिटर कायम भएको छ । निगमले एलपी ग्यासको मुल्य भने यथावत राखेको जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर