१८ मंसिर २०७८, शनिबार
गृह लकडाउनमा बालबालिकाको ख्याल गर्न डब्लूएचएको आग्रह
लकडाउनमा बालबालिकाको ख्याल गर्न डब्लूएचएको आग्रह

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण होम क्वारेन्टाइनमा बस्दा बालबालिकाको बारेमा विशेष ध्यान दिन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । घरभित्रै थुनिएर बस्नुपर्दा, लामो समय विद्यालय नजाँदा तथा कोरोना भाइरसको डरका कुरा धेरै हुँदा बालबालिकामा असर पर्न सक्ने भएकोले अभिभावकले बालबालिकाबारे ख्याल गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले लकडाउनको बेला घरमै बस्दा योजना बनाएर बालबालिकालाई खुशी राख्न पहल गर्नुपर्ने बताएको छ ।

आमाबाबुको लागि विभिन्न सुझाव दिँदै विश्व स्वास्थ्य सङ्गठनले बालबालिकासँग खेल्ने, गीत सुन्ने, नाच्ने लागयतका क्रियाकलाप गर्न सुझाव दिएको छ । त्यस्तै बालबालिकासँग मिलेर खाना पकाउने र व्यायमहरु गर्दा पनि बालबालिका खुशी हुने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । बालबालिकालाई निश्चित समय दिएर पढ्ने, चित्र कोर्ने जस्ता काममा पनि लगाउन सुझाव दिइएको छ । बालबालिकालाई कोरोना रोगको बारेमा जानकारी दिएर डराउनुपर्दैन तर हाम्रो व्यवहार सुधार गर्नुपर्छ भन्ने बुझाउन पनि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।


Facebook Comments

हरेक खबर खास खबर