१७ मंसिर २०७८, शुक्रबार
गृह सिमानामा नेपाली अलपत्र पर्नुमा सरकार गैरजिम्मेवार – नारायणकाजी
सिमानामा नेपाली अलपत्र पर्नुमा सरकार गैरजिम्मेवार – नारायणकाजी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपाली अलपत्र पर्नुमा सरकार गैरजिम्मेवारी भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल ट्युटर मार्फत उहाँले सिमानामा खुला आकाशमुनि नेपाली अलपत्र पर्नु सरकारको गैर जिम्मेवारी भएको अभिव्यक्ति दिएका हुन् । नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्र रुपमा खुला बारीमा राखिनु अमानवीय, गैरजिम्मेवार र दुखद भएको उनको टिप्पणी छ ।

तत्कालिन अवस्थामा उनीहरुलाई उद्धार गरी क्वारेन्टाइनमा राख्न कसैको आदेश नचाहिने उनको तर्क छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले सरकारले सिमा नाका बन्द गरेपछि रोजगारीका लागि भारत गएका नेपाली अलपत्र परेका छन् । कोरोनाको त्रासले भारत सरकारले पनि २१ दिन लामो लकडाउन गरेको छ । त्यसैले भारतमा काम गर्न गएका नेपालीहरू अलपत्र परेका हुन्।


Facebook Comments

हरेक खबर खास खबर