१८ मंसिर २०७८, शनिबार
गृह सुदुरपश्चिममा विदेशबाट फर्केकाको खोजी थाल्न प्रदेश प्रहरी कार्यालयको परिपत्र
सुदुरपश्चिममा विदेशबाट फर्केकाको खोजी थाल्न प्रदेश प्रहरी कार्यालयको परिपत्र

कैलाली । सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा विदेशबाट आएका ब्याक्तिहरुको प्रहरीले खोजी थालेको छ । चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भारतीय विमानबाट एक सय ३० जना यात्रु नेपाल आएका थिए । उनीहरूमध्ये चार जनामा कोरोना पोजेटिभ देखिएपछि विमानमा रहेकाहरूमा पनि संक्रमणको जोखिम रहेको भन्दै प्रहरीले यात्रुहरुको खोजी थालेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले जानकारि दिएका छन् ।  तीनवटा विमानमार्फत आएकाहरूलाई निगरानीमा राख्न सुदूरपश्चिमका ९ जिल्लामा परिपत्र गरिएको उहाँले जानकारि दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले विदेशबाट आएकाहरूको खोजी तीब्र पारिएको बताए ।

Facebook Comments

हरेक खबर खास खबर