१७ मंसिर २०७८, शुक्रबार
गृह सातै प्रदेशमा कोरोना परिक्षण सुरु
सातै प्रदेशमा कोरोना परिक्षण सुरु

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को आजबाट सात वटै प्रदेशमा आजबाट परिक्षण सुरु भएको छ । प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश ५ को बुटवल र बागमती प्रदेशको हेटौंडाबाट आजदेखि नमूना परीक्षण सुरु गरिएको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिएका छन् । पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ ।

यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुने गरेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले जानकारी दिए । यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा मंगलबारबाट स्वाब परीक्षण सुरु गरिएको अस्पतालका निर्देशक डा. विनोदविन्दु शर्माले बताएका छन् । उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र एक जनाको रिपोर्ट आउन बाँकी छ ।


Facebook Comments

हरेक खबर खास खबर