१८ मंसिर २०७८, शनिबार
गृह थुनुवा कक्षको झ्याल उप्काएर ३ जना थुनुवा फरार
थुनुवा कक्षको झ्याल उप्काएर ३ जना थुनुवा फरार

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट तीन थुनुवा फरार भएका छन् । हीजो राती करिव १ बजेतिर प्रहरी हिरासतमा रहेका उनीहरु थुनुवा कक्षको झ्याल उप्काएर उनीहरु फरार भएका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर–११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का २० वर्षीय सुनिल थारु फरारभएका हुन् । उनीहरु तीनै जना लागूऔषध कारोबार अभियोगमा पक्राउ परेका थिए । उनीहरुको खोजी कार्य जारी रहेको डीएसपी तिम्सिनाले बताए।

Facebook Comments

हरेक खबर खास खबर