१८ मंसिर २०७८, शनिबार
गृह आज रामनवमी, घरमै बसि मनाइदै
आज रामनवमी, घरमै बसि मनाइदै

काठमाडौं । आज चैत शुक्ल नवमी अर्थात् राम नवमी । मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आरधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले घरमै बसेर पूजा गरेका छन् ।

हरेक वर्ष भव्य समारोह हुने जनकपुरस्थित रामजानकी मन्दिरमा यस वर्ष भक्तजनलाई भिड भएर जम्मा हुन प्रतिबन्ध लगाएको छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको हिन्दु धार्मिक ग्रन्थमा उल्लेख छ ।


सोही दिनको सम्झनामा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुन्छ भन्ने धार्मिक मान्यता समेत रहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर