१८ मंसिर २०७८, शनिबार
गृह दुइ कोरोना संक्रमितको दोश्रो रिपोर्ट पनि पोजेटिभ
दुइ कोरोना संक्रमितको दोश्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको हो । चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४ वर्षीय युवामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो नमुना संकलन लिएर जाँदा गर्दा रिपोर्ट पोजेटिभ नै आएको हो । उनीहरुको टेकुमै उपचार भइरहेको छ । रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर