१८ मंसिर २०७८, शनिबार
गृह फिलिपिन्समा लकडाउन टोडे गोली हान्न आदेश
फिलिपिन्समा लकडाउन टोडे गोली हान्न आदेश

काठमडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले कोरोना संक्रमण रोक्न जारी गरिएको लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्ने आदेश जारी गर्नुभएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण हाल फिलिपिन्समा एक महिनाका लागि लकडाउन गरिएको छ । राष्ट्रपति डुटेर्तेले लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पु¥याउने जोकोहीलाई गोली हानिने चेतावानी दिए । उनले आफूले प्रहरीलाई गोली हान्ने आदेश दिइसकेको बारेमा टेलिभिजन सम्बोधनका क्रममा जानकारी दिएका हुन् ।

जापानमा ७३ देशका नागरिकलाई प्रवेशमा रोक
जापान सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताउनुभएको छ । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात देश लगायत रहेका छन् । कोरोना भाइरस संक्रमण त्रासका कारण विश्वका अधिकांश देशमा अहिले लकडाउन जारी गरिएको छ भने हवाई उडान तथा आवागमनमा प्रतिबन्द लगाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर