१७ मंसिर २०७८, शुक्रबार
गृह छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ बर्षिय वृद्ध भएको पुष्टि
छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ बर्षिय वृद्ध भएको पुष्टि

काठमाडौं । नेपालमा छौंटौं कोरोना संक्रमित महिला बाग्लुङकी ६५ बर्षिय बृद्ध महिला भएको पुष्टि भएको छ । उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । त्यसलगत्तै संक्रमित ब्याक्ति बग्लुङकी महीला भएको प्रवक्ता श्रेष्ठले पुष्टि गरेका हुन् । अहिलेसम्म उनी घरमै बसिरहेकी छिन् । उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर