१८ मंसिर २०७८, शनिबार
गृह मेडिकल सामग्री खरिदको जिम्मा सेनालाइ दिने तयारी
मेडिकल सामग्री खरिदको जिम्मा सेनालाइ दिने तयारी

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चाहिने अत्याअश्यक मेडिकल सामग्री खरिदको जिम्मा नेपाली सेनाले पाएको छ । सरकारले हिजो अत्यावश्कयक मेडिकल सामाग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने बताइएको छ । के के समान किन्ने भन्नेबारेमा अहिले स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताइएको छ ।

सरकारले हालै चीनबाट खरिद गरी ल्याएका मेडिकल सामाग्रीमा अनियमतिता भएको भन्दै जनस्तरमा चर्को आलोचना भएपछि सेनालाई अघि सारिएको हो । सम्झौतामा उल्लेख गरेजति सामाग्री समयमै नल्याएको र ल्याउने सम्भावना पनि नरहेकाले सरकारले हिजो ओम्नी ग्रुपको ओबिसिआईसँग सम्झौता रद्द गरेको जनाएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर