१७ मंसिर २०७८, शुक्रबार
गृह क्वारेन्टाइनका लागि सामग्री बोकेको ट्रयाक्टर दुर्घटना
क्वारेन्टाइनका लागि सामग्री बोकेको ट्रयाक्टर दुर्घटना

दैलेख । दैलेखमा क्वारेन्टाइन र आइसोलेसनका लागि सामान लिएर गएको ट्रयाक्टर दुर्घटनामा परेको छ । दुर्घटना तीन जना घाइते भएका छन् । आइसोलेसन र क्वारेन्टाइन निर्माण सामग्री बोकेर सुर्खेतबाट ठाटिकाध जाँदै गरेको भे १ ख २७३० नम्बरको ट्रक्टर कर्णाली राजर्मागअन्तर्गत सियालामा दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर ओलीले बताए । ट्रयाक्टरमा सवार दुई जनालाई सामान्य चोट लागेको र चालकलाई गम्भीर चोट लागेको प्रहरी प्रमुख ओलीले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर