१७ मंसिर २०७८, शुक्रबार
गृह चितवनामा ज्वरोकी एक बिरामीको मृत्यु, स्वाव परिक्षणको तयारी
चितवनामा ज्वरोकी एक बिरामीको मृत्यु, स्वाव परिक्षणको तयारी

चितवन । चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर भरतपुर अस्पतालमा भर्ना भएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको आज बिहान मृत्यु भएको हो । गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षण हुन भने बाँकी छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको जानकारी दिए । मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो । उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।


Facebook Comments

हरेक खबर खास खबर