२२ मंसिर २०७८, बुधबार
गृह नेपाली सेनाले लाखौं मुल्यका गोलीगठ्ठा खरिद गर्दै
नेपाली सेनाले लाखौं मुल्यका गोलीगठ्ठा खरिद गर्दै

काठमाडौं । नेपाली सेनाले गोलीगठ्ठा खरिद प्रकृया सुरु गरेको छ । सेनाको जंगी अड्डा भद्रकालीले शुक्रबार विद्युतिय वोलपत्र आह्वान गर्दै लाखौं मुल्य बराबरका हातहतियार खरिद गर्ने जनाएको हो ।

बोलपत्रमा झण्डै २३ लाख मूल्यबराबरका हातहतियारलगायत सामग्रीको खरिद प्रक्रिया सुरु गरेको जनाइएको छ । खरिद गर्न लागिएका सामग्रीमा ब्लास्टिङ शिल्ड, बम ब्लांकेट, फाएरिङ केबललगायत छन् । सेनाले बोलपत्र प्रक्रियामा सामेल हुन आग्रह गर्दै मे १८ सम्मको समय दिएको बताएको छ ।


Facebook Comments

हरेक खबर खास खबर