१८ मंसिर २०७८, शनिबार
गृह लकडाउन प्रभावः नुन र तेल अभाव
लकडाउन प्रभावः नुन र तेल अभाव

म्याग्दी । कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण हिमाली जिल्ला म्याग्दीमा नुन, तेल र ग्याँसको अभाव भएको छ । चामल, दाल, आँटा, मैदा लगायतका खाद्यान्न दुई महिनाका लागि मौज्दात रहे पनि नुन, तेल र ग्यासको अभाव देखिन थालेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

उपभोक्ताले आवश्यकताभन्दा बढी खरिद गरेकाले नुन, तेल र ग्यासको स्टक सकिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताएका छन् । बजारमा दैनीक उपभोग्य बस्तुहरुको अभाव हुन थालेसंगै बजारमा मुल्य बृद्धिभउको गुनासो स्थानीयहरुले गर्न थालेको त्यहााका जनप्रतिनीधिहरुले बताएका छन् ।


बेनीका डिलरहरुसँग चामल १० हजार २९३ बोरा, नुन ५४३ बोरा, खानेतेल एक ६१७ कार्टन, २८८ बोरा दाल, ५२५ बोरा चिनी, ८ हजार लिटर पेट्रोल, ३० हजार लिटर डिजेल र तीन हजार लिटर मट्टितेल मौज्दात रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताए ।

त्यसैगरी विपन्न र मजदुरहरुलाई वितरण गर्न अन्नपूर्ण गाउँपालिकाले २०० बोरा, धवलागिरीले २०० बोरा, रघुगंगा गाउपालिकाले २५० बोरा र मालिका गाउँपालिकाले १५० बोरा चामल खरिद गरेर राखेको बताइएको छ ।

Facebook Comments

हरेक खबर खास खबर