२२ मंसिर २०७८, बुधबार
गृह लकडाउन उल्लंघन चालक विरुद्ध मुद्दा चलाउने तयारी
लकडाउन उल्लंघन चालक विरुद्ध मुद्दा चलाउने तयारी

सिन्धुपाल्चोक । सरकारले देश भरि गरेको लकडाउनको अबज्ञा गर्दै सवारी चलाउने चालक बिरुद्ध मुद्धा चलाउने भएको छ । लकडाउनका समयमा यात्रु ओसार्ने तिन वटा सवारी साधनलाई गए राती सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौबाट बाह्रविसे ,भोटेकोशी लगायतका स्थानमा जादै गरेको तिनवटा बोलेरोमा सवारी २४ यात्रुलाई बन्देउ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यात्रुहरुलाई सुनकोशी गाउँपालिका ७ ग्रामीण महिला सिर्जनशिल परिवारको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ भने बोलेरोको चालकहरु विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
तिन वटा बोलेरोमा आएका २४ यात्रीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखीएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेका अनुसार चालक र बोलोरो नियन्त्रणमा लिएर मुद्धा चलाउने तयार भएको छ । लकडाउन सुरु भएपछि सवारी साधन र चालक विरुद्ध जिल्ला प्रहरीले मुद्दा नै चलाउन लागेको भने यो पहिलो पटक हो ।
भक्तपुर र काभ्रे प्रहरीले बोलेरोमा सवार यात्रु हरुलाई छाडेपनि रातीको समयमा लक डाउन उल्लंघन गर्नेहरुको संख्या बढ्दै गएपछि नियन्त्रणमा लिनु परेको डीएसपी काफ्लेले जानकारी दिए । लक डाउनको समयमा भक्तपुर र काभ्रेले खुकुलो गरिदिदाँ सिन्धुपाल्चोकमा समस्या भइरहेको सुरक्षाकर्र्मीहरुले गुनासो गरेका छन्। ।

Facebook Comments

हरेक खबर खास खबर