१८ मंसिर २०७८, शनिबार
गृह Breaking: कोरोनाका सातौं संक्रमित पोखरामा भेटिए
Breaking: कोरोनाका सातौं संक्रमित पोखरामा भेटिए

पोखरा । नेपालमा सातौं कारोना संक्रमित फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको बताइएको छ । नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मात्रै बाग्लुङका एकजनाकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।


Facebook Comments

हरेक खबर खास खबर