१७ मंसिर २०७८, शुक्रबार
गृह कैलालीमा बलात्कारको आरोपमा एकजना पक्राउ
कैलालीमा बलात्कारको आरोपमा एकजना पक्राउ

कैलाली ।  कैलालीमा बलात्कारको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका –९ का एक युवकलाइ २१ बर्षिय युवतीलाइ बलात्कार गरेको आरेपमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमाा २४ वर्षीय भुवन राउत रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । चैत २० गते (बिहीबार) राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टका अनुसार युवतीले जाहेरी दिएसँगै रावतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


Facebook Comments

हरेक खबर खास खबर