१७ मंसिर २०७८, शुक्रबार
गृह अस्ट्रेलिया उडानमा ब्यापक भ्रष्टाचारः अख्तियारमा उजुरी
अस्ट्रेलिया उडानमा ब्यापक भ्रष्टाचारः अख्तियारमा उजुरी

काठमाडौं । नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चाटर्डमा उडानमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
विश्वभरि कोरोना भाइरसको प्रकोप ब्यापक बनिरहेका बेला अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाइ स्वदेश फिर्ता लैजाने क्रममा नेपाल वायुसेवा निगमको वाइडबडी जहाँज चाटर्ड गरिएको थियो । उक्त उडानमा तेश्रो सामेल गरि कमिसन निकासा भएको बिभिन्न समाचारहरुका आधारमा अख्तियारमा उजुरी परेको हो । उक्त उजुरी नागरिक अनुसन्धान ब्युरोले दिएको बताइएको छ ।

अस्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमको जहाज डाइरेक्ट चार्टर गरी लैजाने भनिएपनि नेपाल वायुसेवा निगमको नेतृत्वले बोन ट्राभल्स नामक तेस्रो पक्षलाई घुसाई कानुनविपरीत ४५ लाख रुपैयाँ कमिसन खाएको आरोप लगाइएको छ । ब्युरोले सो प्रकरणको सक्कल कागज नेपाल वायुसेवा निगमबाट जफत गरी आवश्यक अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ ।


Facebook Comments

हरेक खबर खास खबर