१७ मंसिर २०७८, शुक्रबार
गृह विपद्का बेला भ्रष्टाचार गर्नेहरुलाइ सार्वजनिक स्थानमा झुण्ड्याउनुपर्छ
विपद्का बेला भ्रष्टाचार गर्नेहरुलाइ सार्वजनिक स्थानमा झुण्ड्याउनुपर्छ

काठमाडाै‌ । सारा संसार कोरोना भाइरस विरुद्धको को लडाइँ माथि विजय हासिल गरि मानब जातिको अस्तित्व बचाउन लागि रहेको छ । कोरोनाको महामारी बाट सन्सार को कोहि पनि मुलुक जोगिन सकेको छैन । नेपाल सरकारले पनि देशै भरी लकडान गरेको छ,कोरोना बाट बच्न लकडान गरे पनि रोगले भन्दा पनि भोकले मर्ने समस्या देखिएको छ, गरिब जनताको घरमा चुलो बल्न सकिरहेको छैन ।

चामलको पोको बोकेर घर जादै गर्दा प्रहरीको निर्घात कुटपिट खानु परेको छ। सिमावर्ती नाकामा हजारौं नेपाली अलपत्र परेका छन्, कोहि नेपाल पस्न दे सरकार भनेर सिमानामा नारा लगाउँदै छन्‌ भने कोहि तिन चार दिन सम्मको भोकको तड्पाई सहन नसकेर उर्लदो महाकाली मा हाम फालेर नेपाल आइरहेका छन् ।


देश भित्र र देश बाहिर दुई पैसा कमाउन घरदेखि टाढा गएका हरु काम बन्द भएपछि कतै जाने आधार नभएपछि हजारौं किलोमिटर को दुरि पइदलै हिडेर भएपनि घर आइरहेका छन्‌ उनिहरु भन्छन थाकेका छौ तर हारेका छैनौं एक दिन घर कसो नपुगिएला र भनेर भोक भोकै हिडिरहेका छन्‌। सरकारमा भएका मन्त्री हरु कर्मचारी ठेकेदार हरु अहिले स्वास्थ्य सामग्री खरिद मा करोडौं अनियमितता गरिरहेका छन्।

अन्तमा सरकारले लडाउन गर्नु राम्रो भएपनि आफ्ना नागरिकलाई रोगले भन्दा भोकले मर्न दिनु हुँदैन, सिमा नाकामा अलपत्र परेका नेपाली हरुको जिम्मा सरकाले लिनु प्रर्छ। अनिहरुको स्वास्थ्य परीक्षण गरि स्वदेश लिई सुरक्षित क्वारेन्टाइन मा राख्नु प्रर्छ नत्र सरकार केको लागि कस्का लागि ? यस्तो विपत्तिको समयमा पनि भष्टाचार गर्ने कात्रो मा समेत भष्टाचार गर्न नछाड्नेलाइ भष्टाचार प्रमाणित भए सार्बजनिक ठाउँमा लिएर झन्डाउनु पर्छ। सरकार र पाटि एक दुई जना मन्त्री र कमिसन खोर सँगै सति जान सक्दैन ।

लेखक मोहन धामी  नेकपा का युवा बिध्यार्थी नेता हुन् ।

Facebook Comments

हरेक खबर खास खबर