१८ मंसिर २०७८, शनिबार
गृह स्वास्थ्य सामग्री खरिदका विषयमा बैठक बस्दै
स्वास्थ्य सामग्री खरिदका विषयमा बैठक बस्दै

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक आज बस्दैछ । बैठक अपरान्न ४ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको छ । सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा आजको मन्त्रिपरिषदमा छलफल हुने जनाएको छ ।

यस्तै विवादास्पद बनेको स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्बन्धमा पनि आजको बैठकमा छलफल गर्ने तयारी भएको छ । यसअघि सरकारले अघि बढाएको ओम्नी कम्पनीसँगको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै रद्ध गरी नेपाली सेनालाई जिम्मा दिने सरकारको निर्णय पनि कार्यन्वयन हुन सकेको छैन । सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएपछि यसको चौतर्फी आलोचना हुँदै आएको छ ।


Facebook Comments

हरेक खबर खास खबर