१८ मंसिर २०७८, शनिबार
गृह धनगढीका कोरोना संक्रमित युवककि भाउजू आइसोलेसनमा
धनगढीका कोरोना संक्रमित युवककि भाउजू आइसोलेसनमा

धनगढी । धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजूलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनकी भाउजूमा पनि कोरोना भाइरसका सम्भावित लक्षण देखिएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत् घरबाट ल्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको हो । अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले युवककी भाउजूलाई आइसोलेन वार्डमा राखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार ती महिलासहित संक्रमितका परिवारका सदस्यको रिर्पोट आज आउने सम्भावना छ । ३४ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि परिवारका १० जना सदस्यको नमूना संकलन गरिएको थियो । उनीहरुलाई तीन दिन धनगढी रंगशालाको क्वारेन्टाइनमा राखिएको थियो भने सुरुमा नमूनासमेत संकलन नगरी घर पठाइएको थियो । घर पठाएको दोस्रो दिन अस्पतालमा ल्याएर १० जनाको स्वाब संकलन गरिएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर