१७ मंसिर २०७८, शुक्रबार
गृह चितवनमा मृत्यु भएकी युवतीमा काेराेना नेगेटिभ
चितवनमा मृत्यु भएकी युवतीमा काेराेना नेगेटिभ

चितवन । चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी युवतीको कोरोना जाँच नतिजा नेगेटिभ आएको छ । उपचारका क्रममा हिजो मृत्यु भएपछि सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो । उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमुना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर