१८ मंसिर २०७८, शनिबार
गृह कैलालीका कोरोना संक्रमित गौरिफन्टा नाकाको भीडमा रहेको खुलासा
कैलालीका कोरोना संक्रमित गौरिफन्टा नाकाको भीडमा रहेको खुलासा

कैलाली । कैलालीका कोरोना संक्रमित २१ ब्षिय युवक लकडाउन घोषणा गरेपछि भारत फकिएको खुलेको छ । सरकारले घोषणा गरेको लकडाउनका बेला सिमा नाका बन्द भएको अवस्थामा उनी कैलालीको गौरिफन्टा नाकाबाट फर्किएको खुलासा भएको हो । उनी चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमासहभागी रहेको पाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बताए । गौरीफान्टा नाकामा ११ गते बिहान भारतबाट फर्किएकाहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सरकार विरुद्ध नारा बाजी गरेका थिए । ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।


उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो । नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको थियो । तर गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जना मध्ये अधिकांश घर फर्किसकेका छन् भने धेरै कमलाई मात्र अनिवार्य क्वारेन्टाईनमा राखिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर