१८ मंसिर २०७८, शनिबार
गृह लकडाउनमा झन कडाइ हुने
लकडाउनमा झन कडाइ हुने

काठमाडौं । कोरोना संक्रमितको संख्या थपिदै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउनको पूर्ण पालना गर्नु नै उपयुक्त विकल्प भएको भन्दै कडाइ गर्ने निर्णय गरेको हो । निर्णय अनुसार अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि रोक लगाइएको छ ।

यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा संक्रमित देखिएपछि मास टेष्टिङ गरिने भएको छ । पहिलो चरणमा ¥यापिड परीक्षण गरिने र थप पुष्टि दोस्रो चरणको परीक्षणबाट गरिने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभएको छ । स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा लापरबाही गर्ने तथा पिपिईको दुरुपयोग गर्नेमाथि कारबाही गर्ने निर्णय पनि मन्त्रीपरिषदले गरेको जनाएको छ । चैत्र २५ गतेपछि लकडाउन कायम राख्ने वा खुलाउने भन्ने बारेमा भने मन्त्रीपरिषदले केही निर्णय गरेको छैन ।


Facebook Comments

हरेक खबर खास खबर