१७ मंसिर २०७८, शुक्रबार
गृह सरकारले जनताको स्वास्थ्य परिक्षण प्रभावकारि बनाउनुपर्छ
सरकारले जनताको स्वास्थ्य परिक्षण प्रभावकारि बनाउनुपर्छ

दिपेन्द्र थलाल “सुनिल”

काठमाडौं । विश्व समुदाय नै कोरोना भाइरस को महामारिसंग जुधिरहेका बेला नेपाल पनि उच्च जोखिममा छ । यस अवस्थामा सरकारले जनताको ,स्वास्थ्य परिक्षण चुस्त र प्रभावकारि बनाउनुपर्दछ । उच्च सर्तकताका साथ सम्पूर्ण जनताहरुको स्वास्थ्य चेकजाँचको ब्यबस्था गर्नुपर्छ ।


विदेशबाट आएका हरेक नेपालीहरुलाइ क्वारेन्टाइनमा राखेर मात्रै हुँदैन, उनीहरुका परिवार तथा आफन्तजनहरुको समेत स्वास्थ्य परिक्षण गर्नुपर्छ जसले कोरोनाको महामारी रोकथाममा सघाउ पुग्छ । साथै जनताले डाक्टर, चिकित्सकले दिएको सल्लाह सुझाव र सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गरि कोरोना बाट बच्नसकिन्छ । सरकारले सबै जनताको स्वास्थ्यको पूर्ण रुपमा ख्याल गरोस् ।
लेखक अ‍ेनेरास्ववियु डडेल्धुराका जिल्ला सचिवालय सदस्य हुन् ।

Facebook Comments

हरेक खबर खास खबर